पाकिस्तान बम विष्फोट अपडेटः ५२ जनाको मृत्यु, ५४ घाइते

तस्बिर स्रोत: बिबिसी ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घाइतेको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको जनाएको छ। विष्फोटमा एक जना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन्।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले यथाशक्य चाँडो छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको बताएका छन्।

क्वेटा र बलुचिस्तानका अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेका उपचारको व्यवस्था गरिएको छ । अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन।

असोज १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्