नेपाल उद्योग परिसंघ कोसी प्रदेशको अध्यक्षमा पवन सारडा

मोरङ‍- मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा नेपाल उद्योग परिसंघ कोसी प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

विराटनगरस्थित परिसंघको कार्यालयमा शुक्रबार सम्पन्न दोस्रो साधारण सभाले सुरानासहित २७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। परिसंघका महानिर्देशक विजयहरि दाहालका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा रहेका छन्।

त्यसैगरी, उपाध्यक्षमा एक महिला गिरिजा सारडासँगै नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल छन्।

संघको समितिमा ६ उपाध्यक्ष र ३ जनालाई मानार्थ उपाध्यक्षको व्यवस्था गरिएको छ। जसअनुसार मानार्थ उपाध्यक्षतर्फ घनश्याम काबरा, रमेश राठी र गिरिस लुनिया चयन भएकाछन्। पहिलो कार्यकालमा सदस्यको जिम्मेवारीमा रहेका साकेत राठीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

समितिको सदस्यमा १७ जना चयन भएको महानिर्देशक दाहालले जानकारी दिए। नयाँ समिति गठनसंगै मानार्थ उपाध्यक्ष रमेश राठीले उद्योगी व्यवसायीको हकहितका लागि संघ नयाँ ढंगबाट अघि बढ्ने जानकारी दिए।

औद्योगिक क्षेत्र आर्थिक मन्दीबाट प्रभावित भएको बताउँदै उपाध्यक्ष राठीले उद्योगको समस्या र चुनौतिको पाटोमा युवा उद्यमीको साथमा काम गर्ने बताए।

नयाँ कार्यसमितिलाई पहिलो कार्यकालका अध्यक्ष भीम घिमिरेले अध्यक्ष सारडालाई पद हस्तान्तरण गरेका थिए। आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको अवस्थामा पद हस्तान्तरण गरेका घिमिरे परिसंघको केन्द्रीय उपाध्यक्ष रहेका छन्।

असोज १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्