थारु भाषाको गीत ‘सखिया नाच’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – थारु भाषाको गीत ‘सखिया नाच’ सार्वजनिक भएको छ।

आर–प्रोडक्सन नामक युट्युब च्यानलबाट म्युजिक भडियोसहित उक्त गीत सार्वजनिक भएको हो।

गीतमा राज कुश्मी र सोनु कुश्मीको स्वर रहेको छ। गीतमा शब्द, संगीत र एरेञ्ज राज कुश्मीकै रहेको छ।

राज कुश्मी, सदीक्षा चौधरी, सुशीला कार्की,  सुदीप चौधरी, वीरबहादुर थारु, नन्दुराज चौधरी, यशोदा चौधरीको अभिनय रहेको म्युजिक भिडियो राज कुश्मीले निर्देशन गरेका हुन्।

अजय रेग्मीले खिचेको म्युजिक भिडियोमा नृत्य निर्देशन प्रदीप थारु र सोनु कुश्मीको रहेको छ। भिडियो सम्पादन वीरबहादुर थारुले गरेका हुन्।

असोज १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्