राप्रपा नेपालको आन्दोलन भ्रष्ट शासकहरुविरुद्ध होः कमल थापा

वीरगञ्ज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकहरुविरुद्ध आफ्नो पार्टी आन्दोलनमा उत्रिएको बताएका छन्।

वीरगञ्जमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले रहरले आन्दोलन नगरेको बताए।

‘कामै नभइ रमाइलोको लागि आन्दोलन गरिएको होइन। हाम्रो आन्दोलन कुर्नै पार्टीको विरोधमा नभइ देशमा कायम रहेको भ्रष्ट व्यवस्थाको विरुद्धमा हो,’ उनले भने।

थापाले देशका प्रमुख राजनीतिक दलहरुलाई देशको अवस्थालाई विचार गरेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर कमी कमजोरी सच्याउनको आग्रह पनि गरे। प्रमख तीन–चार वटा दलहरुले १७ वर्षसम्म राज्यसत्ता कब्जा गरेको उनको भनाइ छ।

असोज १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्