मेक्सिकोमा चर्चको छाना खस्दा सात जनाको मृत्यु, ३० जना पुरिएको आशंका

मेक्सिकोमा एउटा चर्चको छाना खस्दा सात जनाको मृत्यु भएको छ। सान्ता क्रुज चर्चको छत खसेको हाे।

३० जना भग्नावशेषमुनि दबिएको आशंका गरिएको छ। भग्नावशेषमा केही बालबालिका पनि पुरिएको हुनसक्ने आशंका छ।

मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ।

स्थानीय सञ्चारमाध्यमले दश जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाएको छ।

प्रहरीले छाना खस्दा चर्चमा भएको सामूहिक प्रार्थनासभामा करिब १०० जना उपस्थित रहेको बताएको छ।

 

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्