महिला भलिबलमा सोझो सेटमा पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं- हाङझाउ एसियाडमा नेपाली महिला भलिबलको यात्रा समूह चरणमा नै सकिएको छ। समूह ‘सी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३-० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

सोमबार डिङ स्पोर्टस सेन्टर जिम्न्याजियममा भएको खेलमा नेपाल २५-२१, २५-१४ र २५-११ को सेटमा पराजित भयो।

पहिलो सेटमा कोरियालाई केही चुनौती दिएपनि त्यसपछिको सेटमा भने नेपाल निरीह रह्यो। यसअघि पुरुष भलिबलमा पनि नेपाल समूहचरणबाटै बाहिरिएको थियो।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा भियतनामसँग ३-० को सेटमानै हार ब्योहोरेको थियो। सोमबार बिहान नै कबड्डी स्पर्धामा भने बंगलादेशलाई पराजित गर्दै पदकविहीनताको अवस्था अन्त गर्ने संकेत दिएको छ।

त्यस्तै, सोमबार नेपालले आर्चरी, स्क्वास, एथ्लेटिक्स र ब्याडमिन्टनमा स्पर्धामा प्रतिस्पर्धा गर्दै छ।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्