अर्थमन्त्री महत भन्छन्- शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी

तस्बिर: सिपी खनाल/देश सञ्चार

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन्।

सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताए।

उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरू रहेकाे बताए।

अर्थमन्त्रीले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गरे।

उनले भने, ‘अहिले शेयर मार्केट तल झरेको छ। त्यसको विविध कारण छन्। रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरूले पनि समस्याहरू आएका छन्। यसको बिस्तारै समाधान हुँदै जान्छ। शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ। त्यसको बेनिफिट आम लगानीकर्ता जो सानासाना वचतकर्ताहरू छन्, र यो मार्फतबाट केही हुन्छ कि? भनेर लगानी गर्न अग्रसर हुन्छन्। उहाँहरूको लगानी सुरक्षित गर्न जरुरी छ।’

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरू आउने र सूचना लिक हुने प्रवृत्तिहरू देखिएको भन्दै यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्ने पनि बताए।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्