काठमाडौँ– इन्द्रजात्राको अन्तिम दिन सोमबार महिलाहरुले रथ तानेर ‘नानीचा यात्रा’ चलाइएको छ।

आज इन्द्रजात्राको समापन हुँदैछ। आजै राति ८ः३७ बजे इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरिँदैछ।

काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो। इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ।

इन्द्रजात्राको समापन गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको पूजा गर्नेछन्।

तस्बिरहरुः