एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडाको अग्रता

मोरङ – नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन्।

एमालेको प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रतिद्वन्द्वी विनोद ढकाललाई पछि पार्दै खतिवडाले २० मतको अग्रता बनाएका हुन्।

खतिवडाले १४१ मत पाउँदा ढकालले १२१ मत पाएका छन्। मतदानमा कुल ९९७ मतमध्ये ९७७ मत खसेको छ।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्