अपडेट

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडाको अग्रता कायमै

मोरङ – नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता कायम राखेका छन्।

विराटनगरस्थित एक होटलमा जारी मतगणनामा खतिवडाले १४९ मत हासिल गरेका छन्। २८२ मतगणना गर्दा खतिवडाले १८ मतको अग्रता कायम राखेका हुन्।

उनका प्रतिद्वन्द्वी विनोद ढकालले १३१ मत पाएका छन्। त्यसैगरि सचिवतर्फ पाँचथरका राजकुमार भण्डारीले १६१ र उदयपुरका
शैलेश लामा १११ मत पाएका छन्।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्