ऋषि सुनक र इलन मस्कबीच एआईसम्बन्धी लाइभ संवाद हुने

बेलायती प्रधानमन्त्री ऋषि सुनक र अमेरिकी अर्बपति इलन मस्कबीच बिहीबार साँझ लाइभ संवाद हुने भएको छ। बेलायत सरकारले बुधबार सुरु गरेको दुई दिने ‘आर्टिफिसियल इन्टेलिजेन्स सेफ्टी समिट’ का अवसरमा सुनक र मस्कले सूचना प्रविधि क्षेत्रमा भइरहेका नवीनतम विकासहरूबारे छलफल गर्ने बताइएको छ।

एआई समिटमा भाग लिन अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसदेखि युरोपेली आयोगकी प्रमुख उर्सुला भोन देर लाइनसहित थुप्रै लन्डनस्थित ऐतिहासिक ब्लेच्ली पार्कमा भेला हुँदै छन्।

समिटलगत्तै मस्कसँग संवाद गर्ने जानकारी प्रधानमन्त्री सुनकले ट्वीटरमा दिएका हुन्।

कात्तिक १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्