सुत्केरी, गर्भवती र शिशुलाई पोषणयुक्त कोशेली र लिटो सहयोग

सिमकोट – सिमकोट गाउँपालिकाले आफ्ना आठ वटै वडाका सुत्केरी गर्भवती र ६ महिनादेखि २३ महिना उमेर समूहका शिशुलाई कोशेली र लिटो सहयोग गरेको छ। उनीहरूको पोषणमा सुधार ल्याउन र पोषणयुक्त खानेकुराको बानी बसाल्न स्वास्थ्य संस्थाद्वारा ती खानेकुरा सहयोग गरिएको हो।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले आठ वटै वडाका स्वास्थ्य संस्थाबाट एक हजार १०७ जना सुत्केरी, गर्भवती र एक वर्षदेखि २३ महिनासम्मका शिशुलाई पोषणयुक्त लिटो र कोशेली उपहार प्रदान गरिएको बताए।

यसमा ७१ जना सुत्केरीलाई लिटो र कोशेली, ४७७ गर्भवती सुत्केरी र ६ देखि २३ महिनाका शिशुलाई लिटो सहयोग गरिएको थियोे। उनले कोशेली गर्भवती र सुत्केरी महिलालाई प्रदान गरिएको र तीन केजीको लिटो भने सबैलाई बितरण गरिएको बताए।

निर्धारित उमेर समूहका शिशु, गर्भवती र सुत्केरी महिलाहरूलाई कुपोषण देखिएपछि गाउँपालिकाको आर्थिक सहयोगमा लिटो तथा कोशेली बितरण कार्यक्रम राखिएको र यसलाई बाह्रै महिना जारी रहने छ।

ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराले यो सहयोगले गर्भजाँचमा ठुलो सहयोग पुगेको र शिशुको कुपोषण पत्ता लगाउने कार्य सहज भएको बताए। लिटो र कोशेली महिना महिनामा बितरण गरिने भएको कारण स्वास्थ्य संस्था र गर्भवती सुत्केरी महिलाकाबिच सम्बन्ध पनि सुमधुर छ।

कात्तिक २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्