दिनभरिका १० मुख्य समाचार

  • नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ।

  • संसदीय समितिले जाजरकोटसहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

  • भेरी अस्पताल, नेपालगञ्जमा उपचार गराएका जाजरकोट भूकम्पका ४० जना घाइते अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्।

  • प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

  • सांसद प्रेमबहादुर आलेले  आफू संसद, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नभएको बताएका छन्।

  • लुम्बिनी प्रदेश सरकारले राजनीतिक भागबन्डाको आधारमा अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको छ।

  • आजदेखि यसबर्षको तिहार पर्व सुरु भएको छ।  तिहारको पहिलो दिन कागको पुजा गरी मनाइएको छ।

  • प्रहरीले बाराबाट डेढ करोडभन्दा बढीको सामानसहित चारवटा भारतीय नम्बर प्लेटका ट्रक नियन्त्रणमा लिएको छ।

  • चालु आर्थिक बर्ष तीन महिनामा नेपाल टेलिकमको ३९ करोडभन्दा बढी आम्दानी घटेको छ।

  • श्रीलंकन क्रिकेट बोर्डलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ।

कात्तिक २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्