राष्ट्रपति रनिङ शिल्ड चन्द्रप्रकाश माविलाई

सिमकोट- राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश मावि विजेता भएको छ। हुम्लाकाे दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाका मावि स्तरीय प्रतियोगितामा चन्द्रप्रकाश माविले सबैभन्दा बढी स्वर्ण पदक जितेर विजेता भएको हो।

गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालका अनुसार एक हप्ताभन्दा बढी समयसम्म सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश माविले सबैभन्दा बढी स्वर्ण जितेकाे जानकारी दिए।

उक्त विद्यालयले छात्रा छात्र गरी बाह्र स्वर्ण, नौ रजत र आठ कास्य गरी जम्मा २९ पदक हात पार्दै प्रथम स्थान हुन सफल भएको हो।

त्यसैगरी, धर्मोदय माविले नौ स्वर्ण, सात रजत र बाह्र कास्य गरी २८ पदक हात पार्दै द्वितीय स्थान हुन सफल भयाे।

यस्तै, जनप्रकाश माविले पाँच स्वर्ण, पाँच रजत र आठ कास्य गरी अठार पदक हात पार्दै प्रतियोगितामा तृतीय भयाे।

गाउँपालिका अध्यक्ष लालकेश जैसी, उपाध्यक्ष सुरेन्द्र थापालगायतले शिल्ड, पदक तथा पुरस्कार प्रदान गरेका थिए।

कात्तिक १९ गते जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए।

कात्तिक २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्