बालकलाई थप्पड हानेकाे भिडियाे भाइरल भएपछि नाना पाटेकरले दिए स्पष्टीकरण

अभिनेता नाना पाटेकरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले एक बालकलाई थप्पड हानेको देखिन्छ।

भिडियो वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका ​​क्रममा खिचिएको बताइएको छ।

भिडियो भाइरल भएपछि नाना पाटेकरले आफ्नो स्पष्टीकरण दिएका छन्

उनले सुटिङका ​​क्रममा बच्चालाई थप्पड हानेको नाटक गरेको बताएका छन्।

तर संयोगवश रिहर्सलको क्रममा अर्को बच्चा त्यहाँ आयो, जसलाई उनीले फिल्मको बच्चा ठान्दै थप्पड हानेका हुन्।

नाना पाटेकरले ‘एक्स’ मा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘धेरै व्यक्तिले सामाजिक सञ्जालमा फैलिएको भिडियोको गलत व्याख्या गरिरहेका छन्। वास्तवमा त्यो मेरो आगामी फिल्म ‘जर्नी’ को सुटिङको रिहर्सलको क्रममा भएको गलत बुझाइकाे परिणाम हो।’

 

कात्तिक ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्