सिमकोट – जिल्ला अस्पताल जाने सडक ढलान गरिएको छ। अस्पताल जाने कच्ची सडक भएकाले यातायातका साधनमा बिरामी लैजान समस्या भएको गुनासो आएपछि सडक ढलान गरिएको हो।

सडक निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिध सरोज रावतले १५ दिनमा सडक ढलान गरिएको बताए। सदरमुकाम सिमकोटको तल्लो बजारको धुपी रुखसम्म यसअघि नै ढलान भएको थियो।

धुपी रुखबाट अस्पतालको प्रवेशद्वारसम्म यस पटक ढलान गर्ने कार्य भएको हो। साठी मिटर लम्वाई र चारदेखि पाँच मिटर सडक चौडा ढलान गरिएको छ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको पहलमा सघन सहरी विकास कार्यालय जुम्लाले सडक ढलान गरेको हो।

कात्तिक ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्