मिलरको शतकमा दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलियालाई फाइनल पुग्न २ सय १३ रनको लक्ष्य

काठमाडाैँ – एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। डेभिड मिलरले शतक प्रहार गरेपनि दक्षिण अफ्रिका उच्च स्कोर बनाउन भने असफल भयो।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रन बनाउँदा अलआउट भयो। खराब सुरुवातका बाबजुत हेनरीच क्लासेनले ४७ तथा डेभिड मिलरले १ सय १ रनको इनिङ खेल्दा दक्षिण अफ्रिका केही समालियो पछिल्लो क्रमले समेत गतिलो स्कोर बनाउन नसक्दा २ सय १२ रनमै समेटियो।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्यान कमिन्सले समान ३–३ विकेट लिंदा जोस ह्याजलवुड र ट्रेभिस हेडले समान २–२ विकेट लिएका थिए।

कात्तिक ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्