फिफा विश्वकप छनोट: पहिलो हाफमै नेपालको पोस्टमा युएईको चार गोल

काठमाडौं- २०२६ को फिफा विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको जारी खेलमा नेपालले युएईसँग पहिलो हाफमानै ४ गोल खाएको छ। युएईको दुबईमा जारी खेलको पहिलो हाफ सकिंदा युएईले नेपालमाथि एकपछिय रुपमा आक्रमण गर्दै पहिलो हाफमै फराकिलो अग्रता बनाएको हो।

युएइका लागि खालिफा मुबारकले १० औं मिनेटमानै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ३६ औं मिनेटमा पेनाल्टीमार्फत अलि अहमेदले दोस्रो गोल गर्दा उनलेनै ४५ औं मिनेटमा तेस्रो गोल गरे। टिमका लागि चौंथो गोल पहिलो हाफको इन्जुरी समयमा फाविनो फर्गिनोले गरेका थिए।

नेपालले यसअघि १९८४ मा भएको मैत्रिपूर्ण खेलमा नेपाल युएईसँग ११-० ले पराजित भएको थियो। त्यसयता नेपालको यो युएईसँग पहिलो खेल हो।

कात्तिक ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्