स्थानीय सरकारसँग नागरिकको अपेक्षा बढी रहेको छ: मेयर कोइराला

मोरङ- विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय सरकारसँग नागरिकको अपेक्षा बढी रहेको बताएका छन् ।

चीनको यीउ शहरमा आयोजित युनाइटेड सिटिस् एण्ड लोकर गवर्नमेन्टस् एसिया प्यासिफिकको नवौंं कंग्रेसलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौति र अवसरका विषयमा जोड दिएका थिए ।

नेपालतर्फबाट कंग्रेसलाई सम्बोधन गर्दै बुधबार मेयर कोइरालाले नेपालको संविधान अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको आ-आफ्नै क्षेत्राधिकार र विशेषता रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी हुन कार्तिक २५ चीन पुगेका मेयर कोइरालाले कार्यक्रममा स्थानीय सरकार समक्ष नागरिकको पहुँच हुने हुदाँ बढी अपेक्षा र स्थानीयको सरकारको जिम्मेवारी अधिक रहने बताए ।

मेयर कोइरालाले यूसीएलजीको प्रभावकारितालाई अझै बढाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्