टिकटकलाई रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पाँच रिट

फाइल तस्बिर।

काठमाडौं- सामाजिक सञ्जाल टिकटकलाई रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा हालसम्म पाँच वटा रिट पुगेका छन् ।

टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेश भएका हुन् ।

अधिवक्ता स्वागत नेपाल, अधिवक्ता सुनिल रन्जन सिहलगायतले शुक्रबार रिट पेश गरेका हुन् । रिट दर्ताका लागि अध्ययन भइरहेको सर्वोच्च प्रशासनले बताएको छ ।

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको बताउँदै गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयको विषयमा यतिबेला टिकटक प्रयोगकर्ताबीच मात्र नभएर राजनीतिक वृतमा पनि चर्को बहस भइरहेको छ।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्