गन्तव्यसम्म गाडी नपुगेपछि ‘काउन्टर ताेडफाेड’

दाङ- पूर्वसहमति अनुसार गन्तव्यसम्म गाडी नपुगेपछि प्युठानको सदरमुकाम खलंगास्थित बस काउन्टरमा यात्रुले ताेडफाेड एवम् तालाबन्दी गरेका छन् ।

गाैमुखी र स्वर्गद्वारी यातायात प्रालिकाे खलंगामा रहेकाे काउन्टरमा पुगेका यात्रुहरूले तालाबन्दी गरेका हुन्। लामाे दुरीका गडीहरू गन्तव्यसम्म नआउने र पटक‍-पटक सहमति गर्दा पनि सुनुवाइ नभपछि बस काउन्टरमा तालाबन्दी गरिएको यात्रुहरू बताउँछन्।

प्रहरीले भने तालाबन्दी खाेलेर अहिले यातायात समिति, यात्रु र सराेकारवाला पक्षकाे विचमा वार्ता भइरहेको जनाएको छ। डिएपी इश्वरबहादुर थापाका पूर्वसहमति पालनाकाे विषयमा वार्ता जारी छ।

ताेडफाेडपछि लामाे तथा छाेटाे दुरीका सवारी साधन नछुट्दा यात्रु अलपत्र परेका छन्। रुट जिल्ला सदरमुकाम खलंगा सम्मकाे भएपनि काठमाडौंबाट छुटेका गाडी खलंगा नजाने, बाग्दुला, बिजुवारसम्म मात्रै पुग्ने गरेकाले यात्रु आक्राेशित भएका हुन्।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्