हुम्ला गोल्डकपको मिति सर्‍यो

सिमकोट – मंसिर २ गतेबाट सञ्चालन हुने भनिएको हुम्ला गोल्डकपको मिति सरेको छ। नयाँ मिति मंसिर ४ गतेबाट हुने आयोजक हुम्ला फुटबल एकेडेमीले जानकारी गराएको हो।

एकेडेमीका अध्यक्ष विष्णु रावतका अनुसार प्रतियोगितामा सहभागिता जनाउने क्लब र खेल मैदानको केही मर्मत गर्नुपर्ने भएपछि दुई दिनपछि मिति सारिएको हो। खेल मैदानमा खाल्डाखुल्डी भएको र त्यसलाई मिलाउनुपर्ने भन्दै रावतले प्रतियोगितामा सहभागिता जनाउने क्लबहरूले पनि केही तयारी बाँकी रहेका कारण खेलको मिति सार्न आग्रह गरेअनुसार सारिएको बताए।

हालसम्म सात वटा क्लब प्रतियोगितामा भाग लिन टिम दर्ता भएको र अब टिम दर्ता मिति पनि मंसिर ३ गते चार बजेसम्म तोकिएको छ। प्रतियोगितामा विजेता टिमले दुई लाख १ सय ११ रुपैयाँ र उपविजेतालाई एक लाख १ सय ११ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिम पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक प्रतिगोगितामा म्यान अफ द म्याचको व्यवस्था पनि गरिएको छ। यो प्रतियोगिता सञ्चालन गर्न २० लाख लागत लाग्ने अनुमान आयोजकले गरेको छ।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्