इफाप्काको ४६औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि

काठमाडौँ – इन्टरनेसनल फेडेरेसन अफ एसियन एन्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टरको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको छ।

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेसनल फेडेरेसन अफ एसियन एन्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको हो।

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। महासंघले सम्मेलन मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने जनाएको छ। पत्रकार सम्मेलनमा महासचिव रोशन दाहालले ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको बताए। 

उनले सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने जानकारी दिए। सम्मेलनमा स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने बताए। उनले पर्यवेक्षकका रूपमा पनि केही प्रतिनिधि सम्मेलनमा सहभागी हुने महासंघले जनाएको छ।

महासचिव दाहालले सम्मेलनबाटै इफाप्का अध्यक्षको कार्यभार अध्यक्ष सिंहले सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए। नेपाल निर्माण व्यवसायी महासंघले इफाप्को सम्मेलन यो दोस्रो पटक सञ्चालन गर्न लागेको हो। यसअघि निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ इपmाप्काको अध्यक्ष रहँदा सम्मेलन सञ्चालन गरिएको थियो।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्