३८ हजार नक्कली नोटसहित दुई जना वीरगञ्जबाट पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जबाट नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। नेपाली नक्कली नोटसहित प्रहरीले बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ बर्षिय उमेश कुमार र वीरगञ्ज महानगरपालिका–३१ कोनिया बस्ने २४ बर्षिय ऋषिलाल पटेललाई पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–८ स्थित सिटी मार्केटमा कपडा खरिदको क्रममा नेपाली नक्कली नोट दिएको सुचनाको आधारमा दुबै जनालाई पप्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

दुबै जनाको साथबाट एक हजार दरको ३८ थान नेपाली नक्कली नोट बरामद गरिएको उनले बताए।पक्राउ परेका उमेश र ऋषिकेशलाई खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्