कांग्रेस सहकारी विभागको नेतृत्वमा कँडेल

काठमाडौँ – कांग्रेस सहकारी विभागको नेतृत्व देवेन्द्रराज कँडेलले पाएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले कँडेललाई विभागको प्रमुखको जिम्मेवारी दिएका छन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्री देवेन्द्रराज कँडेललाई सहकारी विभागको प्रमुखमा मनोनयन गर्नु भएको छ।’

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्