खैरो हिरोइनसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। प्क्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका–४ बस्ने वर्ष ३५ को ध्रुव राम छन्।

वीरगञ्ज–१४ गण्डकस्थित चेकजाँच गर्ने क्रममा ना.२१ प ४५८६ नम्बरको मोटरसाइकलमा आएका रामको साथबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट सेतो प्लास्टिकमा लुकाइ छिपाई राखिएको लागुऔषध खैरो हिरोइन ६ ग्राम ५०० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।
पक्राउ परेका रामलाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

 

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्