गरिबले पनि बिमा गर्न सक्ने बाटो बनाउनुपर्छः सूर्यप्रसाद सिलवाल

काठमाडौँ – नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिवले पनि बिमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छ।
काठमाडौंमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले बिमाबारे आममानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताए।

बिमाबारे स्थानीय तहलाई बुझाउन सके मात्र आमसर्वसाधारणले पनि सहजै बुझ्न सक्ने स्थिति रहेको बताए। देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारे प्राधिकरणले काम गरिरहेको बताए।

मुलुकभित्र राष्ट्रिय बिमा नीति, प्रदेश बिमा नीति र स्थानीय तहको बिमा नीति हुनुपर्ने उनको भनाइ छ। उनले आउने समय बिमाको हिसाबमा अझै सुखमय हुने बताए।

आमसर्वसाधारणलाई किन बिमा गर्ने र बिमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको बताए। उनले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारे पनि सोच्न जरुरी रहेको बताए।

कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बिमा योजना ल्याएको हो। कम्पनीले कम बिमा शुल्क तिरेर ठूलो रकमको बिमा गर्न सकिने गरी उक्त योजना अघि सारेको बताएको छ।

 

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्