फरार अभियुक्त तीस वर्षपछि पक्राउ

सांकेतिक तस्बिर

महेन्द्रनगर (कञ्चनपुर) – तीस वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा ६ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्