कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं – कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार बर्षका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

एनसीसी बैंक र कुमारी बैंक मर्जर भएपछि बनेको एकीकृत बैंकमा सीईओ नियुक्त भएका रमेश अर्यालले राजीनामा दिएपछि दोस्रो बरियतामा रहेका खनाल सीईओ नियुक्त भएका हुन् ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाल यसअघि एनआईसी एसिया क्यापिटलको सीईओ तथा मर्जरअघि कुमारी बैंकको निमित्त सीईओसमेत भइसकेका व्यक्ति हुन्।

 

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्