मुक्तिनारायण मनमाया स्मृति पुरस्कार साहित्यकार अनु शाहलाई

काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’बाट बोस्टनकी नेपाली साहित्यकार अनु शाह सम्मानित भएकी छन्।

शाहलाई २ सय ५० अमेरिकी डलरसहित सम्मानपत्र प्रदान गरिएकाे हाे।

अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न कार्यक्रमको प्रमुख आतिथि केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, विशिष्ठ अतिथि साहित्यकार महेश पौड्याल रहेका थिए।

उक्त कार्यक्रममा कवि ईश्वरी भट्टको तेस्रो प्रकाशन ‘आकाश पारिबाट’ र कवि गोपाल भण्डारीको ‘दोस्रो छन्द कविता संग्रह’ को विमोचन समेत गरिएको थियो।

प्रमुख आतिथि केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रममा बोल्दै साहित्यकार अनु शाहको लामो साहित्यमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए।

सभापति हरिमाया अधिकारीले सबैलाई धन्यबाद दिँदै कार्यक्रम समापन गरेकी थिइन्।

उक्त कार्यक्रम संस्थाका सचिव तथा नव निर्वाचित महासचिव नन्द शर्माले सञ्चालन गरेका थिए।

नवनिर्वाचित समितिको प्रथम बैठकले ईश्वरी भट्टलाई प्रधान सम्पादन नियुक्त गर्नुका साथै निर्वाचन समितिलाई धन्यवादसमेत ज्ञापन गरेको छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्