महिला टी-२० सिरिज: जापानसामु ११४ रनको लक्ष्य

फाइल तस्बिर।

काठमाडौं- चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ। नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ।

नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनायाे।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको हो। नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन्।

यस्तै, कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन्। काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन्।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।

अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ।

बलिङतर्फ नेपालकी पूजा महतो र अश्मिना कर्माचार्यले दुई दुई तथा संगीता राईले एक विकेट लिएकी छिन्।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्