मकवानपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

सांकेतिक तस्विर

हेटौंडा- मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

धरान-चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो।

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्