पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न मंसिर ९ गते पूर्वराजा शाह झापा आउने

फाइल तस्बिर

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापा आउने भएका छन्। पूर्वराजा शाह मंसिर ९ गते झापा आउन लागेका हुन्।

उनी बिर्तामोड नगरपालिका- १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा झापा आउन लागेको बताइएको छ।

उनले कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको कलेजले जनाएको छ।

पूर्वराजा शाहलाई झापामा स्वागत गर्न र जनसहभागिता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लागिपरेको छ। सोही दिन र्‍यालीसमेत प्रदर्शन गर्ने राप्रपाले जनाएको छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्