अहमदाबादमा फाइनल क्रेजः दिल्ली र मुम्मबईबाट स्पेसल ट्रेन, दुई दिनमा १०० बढी चार्टर्ड फ्लाइट

काठमाडाैँ – भारत र अष्ट्रेलिया विश्वकपको फाइनल आइतबार दिउँसो २ः१५ बजे विश्वकै ठूलो क्रिकेट रङ्गशालाका रुपमा रहेको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुँदै छ। १ लाख ३२ हजार क्षमताको उक्त रङ्गशालामा आयोजक भारत र अस्ट्रेलियाबीचको फाइनल हेर्न देश तथा बिश्वभरका फ्यानहरु उडान र होटल बुकिङमा व्यस्त छन्।

अहमदाबाद र वरपरका सहरमा पाँच, तीन तारे र अन्य होटलहरूमा कोठाको माग आकाशिएको छ। क्रिकेटको क्रेज यति बढेको छकी अहमदाबादका ठूला ५ तारे होटलमा आइतबार एक रातको कोठाको मुल्य ३ लाख भारतीय रुपैयाँसम्म पुगेको छ।

प्रयागराज, मुम्बई, अहमदाबाद लगायत भारतका तिर्थ स्थलहरुमा भारतको जितका लागि प्रार्थनाहरु सुरु गरिएका छन्। कतिपय ठाउँमा हवन गरिएको छ। देशको रेलवेले दिल्ली र मुम्बईदेखि अहमदाबादसम्म स्टेशनरी ट्रेनहरू चलाउने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेस फाइनल खेल हेर्नका लागि अहमदाबाद पुग्दै छन्।

१०० बढी चार्टड फ्लाइट

शनिबार र आइतवार अहमदाबाद एयरपोर्टमा १०० भन्दा बढी चार्टर्ड विमान अवतरण हुने अपेक्षा गरिएको छ। अहमदाबाद एयरपोर्टमा ३०(४० चार्टर्ड प्लेन मात्र पार्क गर्ने क्षमता छ। यस्तो अवस्थामा गान्धीनगर र वडोदरामा धेरै विमान पार्किङ हुने छन्। साथै, भिभिआइपी र सेलिब्रेटीहरूको चार्टर्ड प्लेनलाई सुरत, राजकोट र वडोदरामा पार्किङ सुविधा पनि उपलब्ध गराइएको छ।

खेलअघि एयर सो

खेल अघि भारतीय वायुसेनाले एयर शो गर्ने कार्यक्रम छ। भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो। यो शो खेल हुनुभन्दा करिब १० मिनेट अघि सम्म चल्ने छ।

५ तारे होटलको भाडा ३ लाखसम्म पुग्यो

फेडरेशन अफ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ गुजरातका अध्यक्ष नरेन्द्र सोमानीले अत्याधिक दर्शकको चापले होटलमा अत्याधिक चाप बढेको बताए। उनका अनुसार दुबई, अष्ट्रेलिया, दक्षिण अफ्रिकाबाट सेत समर्थकहरु अहमदाबाद पुगेका छन्।सहरका तीन र पाँचतारे होटलमा ५ हजार कोठा छन्। गुजरातमा १० हजार कोठा छन्। खेल हेर्न बाहिरबाट ३० देखि ४० हजार दर्शक आउने अपेक्षा गरिएको छ। जसका कारण ५ तारे होटलमा कोठा भाडा २।५ देखि ३ लाख रुपैयाँ सम्म पुगेको छ।

दिल्ली–मुम्बई देखी विशेष रेल, उडान संख्यामा भारी वृद्धि

भारत र अस्ट्रेलियाबीचको हाई भोल्टेज खेल हेर्न हजारौं मानिस अहमदाबाद पुगिरहेका छन्। क्रिकेट फ्यानहरूको सुविधाको लागि, भारतीय रेलवेले शनिबार दिल्लीदेखि गुजरातको अहमदाबादसम्म विशेष ट्रेन चलाउने घोषणा गरेको छ। भारतीय रेलवेले शनिबार अहमदाबादका लागि दिल्ली र मुम्मबईबाट स्पेशल ट्रेनहरु चलाइरहेको छ। तीनवटा रेल मुम्बई(अहमदाबाद बीच छुट्याइएको छ।

रेलवे बाहेक, एयरलाइन्स कम्पनीहरूले पनि अहमदाबादको लागि फ्लाइटहरु बढाएका छन्। सामान्यतया शनिबार मुम्बई र अहमदाबाद बीच दैनिक १५ देखि २० उडानहरू हुन्छन्। खेलका कारण उडानको संख्या ५० सम्म पुगेका छन्। फाइनलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा रहँदा उनीसँग अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स पनि उपस्थित हुनेछन्।

त्यस्तै फाइनल हेर्नका लागि गृहमन्त्री अमित शाह र ८ राज्यका मुख्यमन्त्रीसहित १०० अतिविशिष्ट व्यक्तिहरू पनि आउने छन्। सेलिब्रेटीहरू र बलिउड स्टारहरू बाहेक ठूला व्यापारी पनि अहमदाबाद पुग्ने छन्। जसमा मुकेश अम्बानी, लक्ष्मी मित्तल, गौतम अडानी, जिन्दल ग्रुप जस्ता ठूला नाम छन्।

पूर्व विश्वविजेता भारतीय कप्तान एमएस धोनी र कपिल देव पनि खेल हेर्न अहमदाबाद पुग्ने छन। कपिल देवको कप्तानीमा भारतले सन् १९८३ मा पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो। त्यसपछि महेन्द्र सिंह धोनीको कप्तानीमा सन् २०११ मा भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो।

त्यस्तै अन्य खेलका खेलकर्मी बीसीसीआईका अधिकारीहरू, आईसीसीका वरिष्ठ अधिकारीहरू र विभिन्न राज्य संघका सदस्यहरू पनि नरेन्द्र मोदी स्टेडियममा उपस्थित हुनेछन्।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्