समृद्धि रनिङ कप पिउस युवा क्लबलाई

सिमकोट – जिल्लास्तरीय समृद्धि रनिङ कप फुटबल प्रतियोगिता खार्पुनाथ गाउँपालिका– १ को पिउस युवा क्लब विजेता भएको छ। फाइनलमा सर्केगार्ड गाउँपालिका– ३ तातोपानी युवक्लबलाई हराउँदै पिउस विजेता भएको हो।

सर्केगार्ड गाउँपालिकाको समृद्धि युवा क्लबले आयोजना गरेको दोस्रो समृद्धि रनिङ कप फुटबल प्रतियोगितामा पिउस युवाक्लब विजेता भएको हो भने तातोपानी युवाक्लब उपविजेता भएको हो।

त्यसैगरी सर्केगार्ड गाउँपालिकाकै रोयल गोरीसाँया युवाक्लब तृतीया स्थान हुन सफल भएको थियो। विजेता फुटबल टिमलाई सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले नगद एक लाख, ट्रफी प्रदान गरेका थिए भने उपविजेतालाई ३७ हजार र तृतीय हुने टिमलाई बीस हजार नगद प्रदान गरिएको थियो। प्रतियोगितामा जिल्लाभरिका २४ वटा टिमको सहभागिता थियो।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्