सर्लाहीमा किशोरीको हत्या अभियोगमा सौतेनी आमासहित तीन जना पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज – सर्लाहीको हरिवन नगरपालिका बस्ने १७ बर्षकी किशोरी तबसुन खातुनको हत्या अभियोगमा प्रहरीले उनकी सौतेनी आमासहित तीन जनालाई पक्राउ गरेको छ। कार्तिक २६ गते सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद छन्। कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्य मिली हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगास्थित चिहानमा गाडेको प्रहरीको दाबी छ।

हत्या गरिएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस अघि शनिबार बिहाम किशोरीको शब गाडिएको स्थानबाट उत्खनन गरी परीक्षण गर्ने समबन्धमा स्थानीय जनप्रतिनिधि र प्रहरीबीच छलफलसमेत भएको थियो।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्