गीत लेखनमा अब्बल थिइन् दीपा ओली

गायिका कोमल ओलीकी आमा दीपा ओलीले २ दर्जनभन्दा बढी गीतको शब्द संकलन र रचना गरेकी छन्। राजधानीको अल्का अस्पतालमा शनिबार निधन भएकी दीपाले संकलन गरेको ‘मलमलकिरी जुनकिरी’ गीतले कोमल ओलीको परिचय फराकिलो भएको थियो।

८२ वर्षीया ओली पञ्चायतकालमा महिला संगठनको राप्ती अञ्चल उपसभापति थिइन्।

उनले ‘सयपत्री उनेर लाउने बेलामा’,  नबुन ज्ञानी हजारीको ता, आँखै लाउने गाजलु, पढ छोरी बढ छोरी,  मेरी आमा हुँदि हुन् तो चोलि दाइजो दिदी हुन्, एकुमा बिराउँ बालाले, मत सानी छु नानी छु, गाउँको पानी मीठो, देउसी भैलोलगायत दुई दर्जन गीतको शव्द रचना र भाका संकलन गरेकी छन्।

उनी नेपाल रेडक्रसको आजिवन सदस्य पनि थिइन्।

उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन्।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो।

दीपा-ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति भएकी थिइन्। उनका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्