आगलागी पीडितलाई भेटे मन्त्री देउवाले

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको मुख्य बजारमा गए राति भएको आगलागीबाट पीडित ब्यापारीलाई सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले भेटेका छन्।

मन्त्री देउवाले आज वेलुका घटनास्थल पुगी धनगढीको सारथि अस्पताल सहित अन्य पसलमा भएको आगलागीको क्षतिको स्थलगत निरिक्षण सहित पीडितलाई भेटेका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्री देउवाले सारथी अस्पताल, गरिमा पोलिक्लिनिक, सुदिक्षा इन्टरप्राइजेज, भट्ट सप्लायर्स, भण्डारी सु सेन्टर, भण्डारी जनरल स्टोर, मधुमाला कलेक्सन, सुदिक्षा बेबीसप र खाद्य तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भएको क्षतिको बारे जानकारी लिए।

सो क्रममा पीडित व्यवसायीहरूसँग कुराकानी गर्दै अस्पताल जस्तो ठाउँमा भएको क्षतिमा आर्थिक सहयोग गर्न मन्त्रिपरिषद्मा छलफल गर्ने मन्त्री देउवाले बताए। शुक्रबार राति १ बजे विद्युत सर्ट हुँदा भएको आगलागीमा करिब १८ करोडको क्षति भएको प्रहरीले जनाएको छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्