चीनको प्रसिद्ध तियानमेन पर्वत पुग्ने पर्यटकको संख्या ३ लाख ७० हजार बढी

फाइल तस्बिर।

मध्य चीनको हुनान प्रान्तको झाङ्जियाजी शहरमा रहेको तियानमेन पर्वतमा पर्यटकको संख्या वृद्धि भएको छ। यस वर्षको पर्यटन वृद्धिपछि सन् २०१९ मा रेकर्ड गरेको पर्यटक संख्याको रेकर्ड तोडेको छ।

प्रख्यात राष्ट्रिय वन निकुञ्ज र फाइब ए पर्यटकीय गन्तव्यले सन् २०२३ मा हालसम्म ५० लाखभन्दा बढी पर्यटकलाई स्वागत गरिसकेको र सन् २०१९ मा ४७ लाख ४० हजार पर्यटकले आकर्षित गरेको रमणीय क्षेत्रका व्यवस्थापन अधिकारीहरूले बताएका छन्।

आगन्तुकहरूको बढ्दो भीडलाई सम्हाल्न, रमणीय क्षेत्रले बुकिंग अवधि छुट्याएको छ।

प्रख्यात पर्यटकीय शहर झाङ्जियाजीको प्रतिष्ठित गन्तव्य मध्येको एक तियानमेन पर्वतीय रमणीय क्षेत्र सेप्टेम्बर २००५ मा पर्यटकहरूका लागि खोलिएदेखि यता ३ करोड ७० लाखभन्दा बढी आगन्तुकहरू आएका छन्।

सहरको वुलिंगयुआन रमणीय क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा छ।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्