पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण

पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्।

पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैठौंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका हुन्।

पालासियो डे ला जर्जुएलामा आयोजित समारोह आधिकारिक राज्य बुलेटिन (बिओई) मा सान्चेजलाई प्रधानमन्त्रीको रूपमा पुष्टि भएको दुई घण्टा पछि गरिएको थियो।

२०१८ र २०२० मा शपथ ग्रहण गर्दा जस्तै, सान्चेजले स्पेनिश संविधानको प्रतिलिपिमा शपथ लिए।

शपथ ग्रहण गरेपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकोमा बधाई दिए।

बिहीबारको इन्भेष्टिचर भोटमा सान्चेज पक्षमा १७९ र विपक्षमा १ सय ७१ मत पाएर प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका थिए।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्