बाघको आक्रमणबाट एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

नेपालगञ्ज – बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राजनपुर नगरपालिका–१० की २५ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो।

घर नजिक जंगलमा दिउंसो १२।३० बजे घाँस काट्न जादा बाघले आक्रमण गरेको थियो। गम्भीर घाइते भएकी सुनारलाई उपचारका लागि बर्दिया जिल्ला अस्पतालमा पुर्‍याउनेबित्तिकै मृत्यु भएको बर्दिया प्रहरी प्रवक्ता डीएसपी तुलसीराम अर्यालले जानकारी दिए।

घाँस काट्न तीन जना गएका थिए। सुनारलाई आक्रमण गरेपछि अरु दुई जना डराएर बेहोस भएका थिए। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

भारतको कतरनिया वन्यजन्तु आरक्ष र नेपालको बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्गमा पर्ने राजापुर र मधुवन नगरपालिकाको राष्ट्रिय वन, सामुदायिक वन र निकुञ्ज आसपासमा बाघको आक्रमण बढिरहेको छ।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्