नयाँ प्रमुख जिल्ला अधिकारी पोखरेल हुम्लामा

सिमकोट – गृह मन्त्रालयद्वारा सरुवा गरिएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल जिल्लामा आइपुगेका छन्। तिहारअगाडि नै उनको सरुवा भए पनि आइतबार प्रजिअ पोखरेल पहिलो पटक नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला आइपुगेका हुन्।

सरुवा भएयता पहिलो पटक जिल्लामा आइपुगेको प्रजिअ पोखरेलले बताए। सरुवा तिहारअगाडि भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेकाले प्रजिअ पोखरेल जिल्लामा आइपुगेका थिएनन्। त्यसयता सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद पोखरेलले प्रशासन कार्यालय चलाएका थिए।

आइतबार सार्वजनिक बिदा परेकाले उनले कार्यालयको कामको जिम्मा सोमबारबाट मात्र लिने बताए। उनी यसअघि उदयपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए। उनलाई सिमकोट विमानस्थलमा तीन वटै सुरक्षा निकायका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीलगायतले स्वागत गरेका थिए।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्