हुम्ला गोल्ड कपमा तेह्र टिमको सहभागिता रहने

सिमकोट – मंसिर ४ गतेबाट सञ्चालन हुने सर्वाधिक पुरस्कार राशिको हुम्ला गोल्डकप प्रतियोगितामा तेह्र वटा टिमको सहभागिता रहने भएको छ। टिम दर्ता मिति आइतबार ४ बजेसम्म भएको र सो अवधिमा ती टिम आयोजकसँग दर्ता भएका हुन्।

एकेडेमीका अध्यक्ष विष्णु रावतका अनुसार प्रतियोगितामा तेह्र टिमको सहभागिता रहनेछ। उनले टिम दर्ता मिति सम्पन्न भएका कारण प्रतियोगितामा सहभागी टिमको संख्या यकिन भएको बताए।

आइतबारै सहभागी टिहरूको टाइसिट निकालिनेछ भने भोलि उद्घाटनका साथ लिक चरणका खेल सुरु हुनेछन्। प्रतियोगितामा विजेता टिमले दुई लाख १ सय ११ रुपैयाँ र उपविजेतालाई एक लाख १ सय ११ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिम पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक प्रतियोगितामा म्यान अफ द म्याचको व्यवस्था पनि गरिएको छ। यो प्रतियोगिता सञ्चालन गर्न बीस लाख लागत लाग्ने अनुमान आयोजकले गरेको छ।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्