पाइलट बाबा काठमाडोँमा

काठमाडाैँ – भारतका सन्त महायोगी पाइलट बाबा काठमाडौँ आइपुगेका छन्। भारतको साधु सन्न्यासीहरुको प्रमुख अखडा जूना अखाडाका महामण्डलेश्वर सोमनाथ गिरी चितवनमा हुन गइरहेको अन्तराष्ट्रिय योग सेमिनारमा सम्मिलित हुने क्रममा काठमाडौँ आइपुगेका हुन्।

आज अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा उनी ओर्लिँदा भक्तगणले स्वागत गरेका थिए।

चितवनको देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड रिज़ोर्ट एन्ड फार्म हाउसमा उनको योग क्लास सञ्चालन हुन गइरहेको छ।

मंसिर ८ देखि १२ गतेसम्म  सञ्चालित हुने उक्त योग क्लासमा विभिन्न देशका सयभन्दा बढी व्यक्तिले सहभागिता गर्दै छन्।

रिज़ोर्ट प्रबन्धक देवेन लोहनीका अनुसार पाइलट बाबाको योग सेमिनारमा रूस, युक्रेन, बेलारूस, जर्मनी, स्वीडेन, जापान, अमेरिका, भारत लगायतका अन्य देशबाट सहभागीले रजिस्ट्रेसन् गराएका छन्। पाइलट बाबाका साथमा उनका शिष्याद्वय महामन्डलेश्वर चेतना माता र श्रद्धा माता पनि नेपाल आएका छन्।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्