काठमाडौँ – आइतबार देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ।

यसैबीच काठमाडौँको गौरीघाटमा पनि धुमाधामका साथ छठ पूजा गरिएको छ। छठ पूजाका लागि आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमेत गौरीघाट पुगेका थिए।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै गौरीघाटमा पनि भव्य रुपमा सजाइएको थियो। छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।