फिलिपिन्समा भूकम्पबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

मनिला – दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि एकीन हुन बाँकी रहेको छ भने, प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्।

भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन्। विद्यालय भवन, सरकारी भवन, पुल, सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय क्षतिग्रस्त सडकमा यातायात सुरु गर्न नसकिएको प्राधिकरणले जनाएको छ।

अपतटीय भूकम्पको झड्काले अपरान्ह ४ः१४ बजे ७२ किलोमिटरको गहिराईमा डाभाओ ओक्सिडेन्टलको सारंगानी शहरबाट ३४ किलोमिटर उत्तरपश्चिममा ठूलो कम्पन ल्याएको थियो। रासस/सिन्ह्वा

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्