ट्रेभिसले पुरा गरे फाइनलमा शतक, जित तर्फ अस्ट्रेलिया

एकदिवसीय विश्वकपमा अस्ट्रेलियाका ट्रेभिस हेडले भारत विरुद्ध सानदार शतक प्रहार गरेका छन्। उनले ९५ बलमा सानदार शतक प्रहार गरे। हेडले आफनो इनिङमा १४ चौका र १ छक्का प्रहार गरे।

हेड र मार्नुस लबुसेनबिच चौंथो विकेटका लागि १ सय ४४ रनको सानदार अविजित साझेदारी जारी राखेका छन्। त्यसअघि अस्ट्रेलियाले ४७ रन जोड्दा ३ विकेट गुमाएको थियो।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २ सय ४० रन बनाएको थियो। अब जितका लागि अस्ट्रेलियालाई ९० बलमा ४९ रन चाहिएको छ।

 

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्