छठको अन्तिम दिन आज राप्ती नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ(तस्बिरसहित)

दाङ- छठ पर्वको अन्तिम दिन सोमबार दाङमा उदाउँदो सूर्यलाई अर्घ दिई दिइएको छ । राप्ती नदीको मध्यनगर किनारमा छठ पूजा गरिएको हो ।

आज उदाउदो सर्यूलाई अर्घ दिइएको छ । चार दिनसम्मको यस पर्वको अन्तिम दिन सूर्य भगवानलाई अर्घ दिएपछि पर्व समापन भएको मानिन्छ ।

‘प्रकृतिको पुजा हो । यसैमा हामी समायौँ’ स्वर्गद्धारी कश्यव सेवा समाजका अध्यक्ष पिन्टुकुमार गुप्ताले भने,’हरेक बर्ष छठ मनाउनेहरुको संख्या थपिदै गएको छ ।’ सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

हिजो आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । सत्य अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाइने गर्दछ भने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सार्वजनिक विदा समेत दिएको छ । बाँके, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा सार्वजनिक विदा समेत दिइएको छ ।

थप तस्बिरहरू:

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्