टिकटक प्रतिवन्धविरुद्धको रिटको पेशी कुमार चुडालको इजलासमा

सांकेतिक तस्बिर ।

काठमाडौं- सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटमा सोमबारबाट सुनुवाइ प्रारम्भ हुँदैछ।

प्रतिवन्धविरुद्ध परेका १० वटा रिटको प्रारम्भिक सुनुवाइका लागि आज सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले टिकटक बन्द गर्न नहुने भनी गत शुक्रबार रिट दायर गरेका थिए।

कात्तिक २७ गते बसेकाे मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियाे। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेकाे हाे।

छोटो समयमा निकै चर्चामा आएको यस समाजिक सञ्जाललाई भारतलगायत अन्य देशले यसअघि नै प्रतिवन्ध लगाइसकेका छन्।

टिकटकमा प्रतिवन्ध लगाएकाे भन्दै सरकारकाे चाैतर्फी विराेध भइरहेकाे छ।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्