बरामद बाेइलर कुखुराका चल्ला खाल्डाे खनेर गाडियाे

दाङ- भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला कोइलावासमा बरामदपछि खाल्डाे खनेर गाडिएको छ।

संयुक्त गस्ती टोलीले गढवा गाउँपालिका वडा नं. ८ को कोइलावास दशगजा क्षेत्र हुँदै नेपाल भित्र्याउन थालेको एक हजार तीन सय ६८ वटा बोइलर कुखुराको चल्ला बरामद गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले जानकारी दिए।

भन्सार कार्यालय, सशस्त्र प्रहरी सीमा प्रहरी कार्यालय कोइलावास, नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले उक्त चल्ला बरामद गरेको हो।

यस्तै, इलाका प्रहरी कार्यालय, गढवाको गस्ती टोलीले एक गाडी कुखुराको चल्ला बरामद गरेको छ। बागमती प्रदेश ०१-०२५ च ०३३७ नम्बरको बोलेरो पिकअपमा भारतबाट नेपाल ल्याउँदै गरेको आठ सय ४० चल्ला बरामद गरेको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिइन्।

बरामद गरेको चल्ला र गाडी कारबाहीको लागी भन्सार कार्यालयमा बुझाइएको थियाे।

भन्सार छलेर बोइलर कुखुराको चल्ला ल्याउन थालेको सूचनाको आधारमा जाँच गर्दा फेला परेको प्रहरीले जनाएको छ। बरामद भएको चल्ला सराेकारवाला निकायकाे उपस्थितिमा खाल्डाे खनेर गाडिएको हाे।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्